मेसोडोनिया (प्राचीन अधिराज्य)
मेसोडोनिया Μακεδονία | |
---|---|
८०८-१६८ ईसापूर्व १५०-१४८ ईसापूर्व | |
![]() मेसोडोनिया अधिराज्य ३३६ इसा पुर्व (सुन्तला रंग) | |
राजधानी | आइगाई भर्जिनिया |
आम भाषाहरू | युनानी |
धर्म | ग्रीक बहु देवता, हेल्लेनिस्टिक धर्म |
सरकार | राजतन्त्र |
राजा | |
• ८०८–७७८ ईसापूर्व | करानस (प्रथम) |
व्यवस्थापिका | साइनेड्रइअन |
इतिहास | |
• राजा करानसद्वारा स्थापित | ८०८ ईसापूर्व |
• पर्सिया | ५१२/५११–४९३ ईसापूर्व |
• आर्कियामीड मेसोडोनिया: पर्सिया साम्राज्य | ४९२–४७९ ईसापूर्व |
• मेसोडोन उदय | ३५९–३३६ ईसापूर्व |
• हेल्लेनिक लिग स्थापना | ३३८-३३७ ईसापूर्व |
• सिकन्दरको लडाई/पर्सिया आक्रमण | ३३५–३२३ ईसापूर्व |
• बेबिलोनको विभाजन | ३२३ ईसापूर्व |
• डाइडोसी का युद्धहरू | ३२२–२७५ ईसापूर्व |
• पिड़ना को युद्ध | १६८ ईसापूर्व |
मुद्रा | टेत्राड्राम |
मेसोडोनिया वा मेसोडोन (प्राचीन युनानी: Μακεδονία; Makedonía), आर्कियाकको र ग्रीसको वरपर बसेको प्राचीन साम्राज्य हो। यो साम्राज्य रोयल आर्गियड वंशद्वारा स्थापित र पहिले शासन गरिएको थियो । पछि एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा,[१] पश्चिममा एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया, पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो।
इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र आर्किमेनिड पर्सियाको भुभाग थियो। आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ ईसापूर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले (कुट्नीती र आक्रमण) जित्यो। फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरूलाई किरोनोयाको लडाइँमा ३३८ ईसापूर्वमा पराजित गरे। फिलिप द्वितीयका पुत्र सिकन्दर (अलेक्जेन्डर महान)ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/40/MacedonEmpire.jpg/350px-MacedonEmpire.jpg)
सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा, उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग सिन्धु नदि सम्म फैलाए। उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो। ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो। विशेष गरी सिकन्दरका गुरु अरिस्टोटल (अरस्तु)का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।
३२३ इसा पुर्वमा सिकन्दरको मृत्यु पछि, डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको साम्राज्य टुक्राटुक्रामा विभाजित भयो। मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो। पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो। नयाँ शहरहरु निर्माण भए। मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रूपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/8/80/Expansion_of_Macedon_%28English%29.svg/400px-Expansion_of_Macedon_%28English%29.svg.png)
मुद्रा[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/0/08/Mints_of_Alexander_the_Great_1.jpg/220px-Mints_of_Alexander_the_Great_1.jpg)
चादीको सिक्का बनाउने एलेक्जेन्डर प्रथमको राज्यकालबाट सुरु भयो । यो शाही खर्चको लागि प्रयोग हुन्थ्यो । आर्किलस प्रथमले चादीको मात्र बढाए र आन्तरिक र बाह्य व्यापारको लागि तामाको सिक्काको प्रचलन ल्याए ।
नोट्स[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ "Macedonia", Encyclopædia Britannica, Encyclopædia Britannica Online, २३ अक्टोबर २०१५, ८ डिसेम्बर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता)