एफएम
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Amfm3-en-de.gif/250px-Amfm3-en-de.gif)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/c/cd/RDS_vs_DirectBand_FM-spectrum2.svg/250px-RDS_vs_DirectBand_FM-spectrum2.svg.png)
अत्यधिक स्पष्ट रूपमा प्रसारण गर्न सकिने एफएम अर्थात् फ्रिक्वेन्सी मोड्युलेसन (FM) आवाजको आविष्कार एड्विन हावार्ड आर्मस्ट्रङ्गले गर्नुभएको हो। यो प्रविधि रेडियोका सर्टवेभ र मिडियम वेभ जस्तो प्राचीन नभए पनि दोस्रो विश्वयुद्धताका अमेरिकामा प्रयोगमा आइसकेको थियो। ध्वनी तरङ्गको फ्रिक्वेन्सी मोड्युलेट गर्ने हुनाले यसलाई फ्रिक्वेन्सी मोड्युलेसन भनिएको हो। मोडुलेसन अर्थात् फ्रिक्वेन्सीको कम्पन दरलाई स्पष्ट रूपमा सुन्ने बनाउनका लागि आवश्यकता अनुरूप बदल्न सकिन्छ। एफएम रेडियो भिएचएफ अर्थात् भेरि हाई फ्रिक्वेन्सी (उच्चतम ध्वनी तरङमा प्रसारण गरिन्छ। भिएचएफको रेडियो तरङ्गलाई प्रकाशसाग तुलना गर्न सकिन्छ। जस्तोसुकै सतहमा पनि सिधा रेखामा यात्रा गर्ने हुनाले सामान्यतया एफएमको प्रसारण च्यानल सीमित तर स्पष्ट हुन्छ। यसलाई परीवर्तन गरेर लामो दूरीमा यसको प्रसारण सुन्न पनि सकिन्छ।