कपडा
स्वरूप
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/9/96/Clothes.jpg/220px-Clothes.jpg)
कपडा ( बस्त्र वा लुगा) भन्नाले मानिसले शरीरमा लगाउने वा शरीर छोप्न प्रयोग गर्ने वस्तुलाई जनाउँछ । कपडा लगाउनु विशेषत मानव विशेषता तथा लगभग सम्पूर्ण मानव समुदायको विशेषता हो । कपडाको प्रयोग सामान्यतया मनिसको गुप्ताङ्ग मात्र छोप्न देखि लिएर शरीरलाई जाडोबाट जोगाउनको लागि गरिएको पाइन्छ ।