सामग्रीमा जानुहोस्

कर्णसिंह राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णसिंह राणा (वि.सं १९८१ - वि.सं २०६९) नेपालका एक कलाकार/चित्रकार हुनुहुन्छ। उहाँको जन्म काठमाडौंंको मालीगाउँमा भएको थियो।

शिक्षा र सेवा[सम्पादन गर्नुहोस्]

राणाले भारतको बनारसबाट कलासम्बन्धी विषयमा स्नातक गर्नुभएको थियो। बनारस हिन्दु विश्वविद्यालय, कला सङ्ग्रहालयमा लामो समयसम्म काम गर्नुभएका उहाँ वास पेन्टिङमा सिद्धहस्त हुनुहुन्थ्यो। नेपालमा वास पेन्टिङको क्षेत्रमा उहाँको महत्त्वपूर्ण योगदान छ।

निधन[सम्पादन गर्नुहोस्]

राणाको २०६९ फागुन २८मा काठमाडौंंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा निमोनियाका कारण ८८ वर्षको उमेरमा निधन भयो। फागुन २८ मै पशुपति आर्यघाटमा संस्कार गरियो। उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन्।