कामिला भाहेखो
स्वरूप
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Camila_Vallejo.jpg/200px-Camila_Vallejo.jpg)
क्यामिला अमारान्ता भ्यालेजो डलिन चिलीकी विद्यार्थी नेतृ हुन । उनी अप्रिल २८ तारिखमा चिलीको स्यानटियगोमा जन्मेकी हुन । चिलीको फ्याकल्टी अफ आर्किटेक्चर एण्ड अर्बानिजमकी स्नातक तहकि विद्यार्थी क्यामिला सन् २०१०को नोभेम्बरमा विश्वविद्यालयको विद्यार्थी सङ्गठन एफइसिएच अध्यक्षको रूपमा निर्वाचित भएकी हुन । सन् १९९७मा निर्वाचित मारिसेलो प्राडो पछि दोस्रो महिला नेतृकोरूपमा निर्वाचित क्यामिला, सरकारी तथा सामाजिक परिवर्तन बढाउने बहानामा गरिएको शिक्षाको निजीकरणविरुद्ध सन् २०११को अप्रिलबाट सुरु भएको आन्दोलनको नेतृत्व गरिरहेको विद्यार्थी समुहकी प्रवक्ता हुन । यसको नेतृत्व पङ्क्तिमा रहेको भ्यालेजो एक सशक्त नेतृको रूपमा विश्वसामु चिनिएकी छिन । [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "चिलीको देशव्यापी हड्तालप्रति ऐक्यबद्धता", मजदूर दैनिक। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा कामिला भाहेखो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।