गोदावरी नदी
गोदावरी | |
---|---|
![]() गोदावरी नदीको मुहाना (पूर्व) बङ्गालको खाडीमा मिल्दै | |
![]() दक्षिण भारतीय प्रायद्विप हुँदै गोदावरी नदीको बाटो | |
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | भारत |
State | महाराष्ट्र |
Region | दक्षिण भारत, पश्चिम भारत |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | अन्तर्वेदी देखि बङ्गालको खाडी |
• उन्नतांस | 0 units? |
लम्बाइ | 1465 units? |
निकास | |
• स्थान | Polavaram (1901-1979) |
• न्युनतम | 7 units? |
• अधिकतम | 34606 units? |
जलाधारका विशेषताहरू | |
सहरहरू | नाशिक |
गोदावरी दक्षिण-मध्य भारतको एक प्रमुख नदी हो। यो नदी पश्चिमी प्रान्त महाराष्ट्रदेखि शुरु भएर दक्षिणी प्रान्त तेलङ्गाना र आन्ध्र प्रदेश हुँदै बङ्गालको खाडीमा गएर मिल्छ। यस नदी द्वारा भारतमा एउटा ठुलो नदी-घाटीको रूप तयार भयेको छ जसको लम्बाई छ १४६५ किमी, यो गङ्गा नदी पछि भारतको दोश्रो सबभन्दा ठुलो नदी हो। यस नदीको मूल महाराष्ट्र प्रान्तको नाशिक जिल्ला नजिक त्रिम्बकमा छ। यो नदी दक्कन प्लेटलाई पार गर्दै यनम र अन्तर्वेदी जुन आन्ध्र प्रदेशको पूर्व गोदावरी जिल्लामा पर्दछ नजिक बङ्गालको खाडीमा मिल्छ।[४]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/f/ff/Dowleswaram_Barrage_near_Rajahmundry_on_River_Godavari.jpg/260px-Dowleswaram_Barrage_near_Rajahmundry_on_River_Godavari.jpg)
बसरा, आदिलाबाद जिल्लामा गोदावरी नदीको किनार बसर देवी-सरस्वति मन्दिरको लागि जानिन्छ जुन देवीलाई समर्पित भारतको दोश्रो मन्दिर हो गोदावरी नदी दक्षिण भारतको एक प्रमुख नदी हो । यो नदी दक्षिणको गङ्गा भनेर पनि चिनिन्छ किनकी नाशिक नजिक त्रिम्बकमा यसको मूल स्त्रोत गङ्गा नदी (भूमिगत जल)बाट आउँछ। यो नदी आदिलाबाद जिल्लाको बसर हुदै तेलङ्गाना प्रान्तमा प्रवेश गर्छ। जब तेलङ्गाना हुदै यो नदी अगाडि बढ छ यो नदीले एउटा सानो गाउँ धर्मपुरीलाई छुन्छ जहाँको एक प्राचीन हिन्दू मन्दिरमा तिर्थालूहरु तीर्थ गर्न आउँछन र स्नानादी गर्छन। यो दक्कन प्लेटलाई पार गर्दै दक्षिणपूर्व तिर बग्न थाल्छ र दुई धारमा बाँडिएर आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्ला तथा पूर्व गोदावरी जिल्लामा प्रवेश गर्छ र अंततः बङ्गालको खाडीमा गएर समागम हुन्छ।[५] राजामुन्द्री गोदावरी नदीको किनारमा अवस्थित नाशिक पछि दोश्रो ठुलो शहर हो। राजामुन्द्री भन्ने शहरमा यो नदी सबैभन्दा बढी फैलिए (चौडाईमा) को छ यो राजामुन्द्री देखि अर्को किनार कोव्वुर मध्य लगभग ५ किमी सम्म फैलियेको छ।
श्रीराम सागर प्रोजेक्ट जुन यो नदी माथि स्थापित गरियेको थियो (१९६४–६९) मा, अबो निजामाबाद, करीमनगर र वारांगल जिल्लामा सिंचाईको आवश्यकतालाई पूरा गर्छ।
यो नदी अरब सागर देखि मात्र ८० किलोमीटर दुरीबाट उद्गम हुन्छ र १४६५ किमीको यात्रा पूरा गर्दै बङ्गालको खाडीमा गएर मिल्छ। राजामुन्द्रीमा यो नदीमाथि बांध बांधिएको छ जहाँबाट यी क्षेत्रहरूमा सिंचाईको माँगको आपूर्ति हुन्छ। राजामुन्द्री भन्दा अलिक तल यो नदी दुई भागमा विभाजित हुन्छ जून फैलियेर एउटा ठुलो नदी डेल्टा बनाउँछ , दौलेसवरम बराज जहाँ सिंचाईको लागि धेरै व्यापक नहर प्रणाली विस्तृत गरिएको छ ले यस क्षेत्रलाई दक्षिण-पश्चिममा कृष्णा नदीको डेल्टासंग जोडछ।
गोदावरी तीर्थको पौराणिक महत्त्व[सम्पादन गर्नुहोस्]
- गंगे च यमुने चैव गोदावरी सरस्वती ।
- नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधीं कुरु ।।
पूजामा जल चढाउने मन्त्रका अनुसार : गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु, र कावेरी नदीलाइ म यस जलमा आवाहन गर्दछु , भन्ने मन्त्रका अनुसार प्राचीन भारतका पवित्र ७ नदीहरू मध्येकी ‘गोदावरी’ पनि एक हुन् । पौराणिक कालमा गौतम ऋषिले भगवान शिवको लामो तपस्या गरी परम पावन गोदावरी नदीलाइ पृथ्वीलोकमा ल्याउँन सफल भएका थिए भनी विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । ब्रह्मपुराणका १०६ अध्यायहरूमा यसै गोदावरी नदीको र यसका तटवर्ती क्षेत्रमा पर्ने तीर्थहरूको विषयमा वर्णन गरिएको छ । यस्ती अनन्त महिमा बोकेकी गोदावरी नदी भारत र नेपालमा गरी ५ ठाउँमा रहेकी पाइन्छन् । जुन यसप्रकार छ :
सप्त गोदावरी[सम्पादन गर्नुहोस्]
भारतको महाराष्ट्र राज्यको नासिक जिल्लाको त्रिम्वक भन्ने गाउँ नजिकैको पहाडबाट भूमिगतरूपमा उत्पन्न भएर बग्ने नदीलाइ सप्त गोदावरी भन्दछन् । यी दक्षिण भारतकी सबै भन्दा ठूली नदी हुन् । भारतको नासिक शहर नजिकै त्रत्त्यम्वकेश्वर महादेवको मन्दिर पर्दछ । यो भगवान शिवका द्वादश ज्यातिर्लिङ्गहरु मध्येको एक मानिन्छ । त्यसैको नजिकमा रहेको पहाडबाट उत्पन्न भएर बग्ने नदी नै मूल गोदावरी हुन् । प्रत्येक बाह«वर्षमा ज्योतिषीय गणना अनुसार बृहस्पति र सूर्य ग्रह जव सिंह राशिमा प्रवेश गर्दछन् ,तब यसै गोदावरीको तटवर्ती क्षेत्र पंचवीमा महाकुम्भ लाग्दछ । समुद्र गामिनी यी नदी आफ्नो यात्राको क्रममा सात धाराहरूमा विभाजित भएकी छिन् । जुन यसप्रकार छन् : गौतमी, वसिष्ठा,कौशिकी, आत्रेयी, बृद्घगौतमी,तुल्या र भारद्वाजी । त्यसैले यी नदीलाइ सप्त गोदावरी पनि भन्दछन् । यसैको तटमा पर्ने पंञ्चवटी नामक क्षेत्रमा भगवान श्री रामले चौध वर्ष वनवास कालको केही समय बिताउँनु भएको थियो भन्ने कुरा रामायणमा उल्लेख गरिएको पाइन्छ । दक्षिण भारतको पश्चिम क्षेत्रबाट उत्पन्न भइ पूर्व दिशा तिर बग्ने यी नदी महाराष्ट्र,तेलङ्गना,आन्ध्र प्रदेश हुँदै अन्तमा बङ्गालको खाडीमा समाहित हुन्छन् । यी गोदावरी नदी १४५० कि.मी लामी छिन् । यी नदीको विषयमा विभिन्न पौराणिक ग्रन्थहरूमा यसरी उल्लेख गरिएको पाइन्छ :-
- सप्त गोदावरीस्नात्वा नियतोःनियताशनः।।
- महापुण्यमप्राप्नोती देवलोके च गच्छती।। (महाभारत वनपर्व)
- गोदावरी भीमरथी कृष्णवेण्यादिकास्तथा ।
- सह्यपादोद्भवानद्यःस्मृताः पापभयापहाः ।। (विष्णु पुराण)
- सह्यस्यानन्तरेचैते तत्र गोदावरी नदी ।
- पृथिव्यामपि कृत्स्नायां स प्रदेशो मनोरम ।। (मत्यपुराण)
भारतवर्षका महाकवि कालीदासले पनि आफ्नो रघुवंश भन्ने महाकाव्यमा गोदावरी नदीको विषयमा उल्लेख गर्नु भएको पाइन्छ ।
नेपाल गोदावरी[सम्पादन गर्नुहोस्]
स्कन्दपुराणको हिमवत्खण्ड अनुसार काठमाण्डौ क्षेत्र नेपाल खण्ड भित्र पर्दछ । जसको विस्तार वर्णन नेपाल महात्म्यमा गरिएको छ । यसै काठमाण्डौ उपत्यकाको ललितपुर जिल्लाको दक्षिणी भेगमा प्राचीन पवित्रतीर्थ गोदावरी कुण्ड रहेको छ । कुण्डसंङ्गै सिद्घेश्वर महादेवको सुन्दर प्राचीन मन्दिर पनि छ । गौतम ऋषिलाइ अनजानमा गौहत्याको पाप लागेकाले त्यो पापबाट निजलाइ मोक्ष दिलाउँन गोदावरी नदी सूर्य र बृहस्पती ग्रह सिंह राशीमा प्रवेश गरेका वखत नासिकका साथसाथै यस क्षेत्रमा पनि प्रकट भएकोले यो कुण्डलाइ नेपाल गोदवरी भनिएको हो भन्ने किंवदन्ती छ । यहाँ पनि नासिकको जस्तै प्रत्येक बाह«वर्षमा कुम्भ मेला लाग्ने गर्दछ । यहाँ गतवर्ष २०७२ सालमा यहाँ महाकुम्भ लागेको थियो ।
गुप्त गोदावरी[सम्पादन गर्नुहोस्]
यो गोदावरी भारतको उत्तरप्रदेश राज्यमा पर्ने चित्रकुट जिल्लामा पर्दछ । मन्दाकीनी नदिको किनारामा बसेको चित्रकुटको कर्वी रेलवे स्टेसनबाट मात्र १८ कि.मि.टाढा पर्ने चारै तर्फ विन्ध्य पर्वत श्रृङ्खलाहरूले घेरिएको कामदगिरी पर्वत नजिकै यी गोदावरी छिन् । यसै स्थानमा भगवान श्री रामले आफ्ना १४ वर्षे वनबास कालमध्ये ग्यारहवर्ष विताएका थिए भन्नेकुरा रामायणबाट थाहा पाउँन सकिन्छ । यसै पवित्र स्थानमा ऋषि अत्री र सती अनुसुइयाले पनि तपस्या गरेका थिए भन्ने शास्त्रीय प्रमाण पाइन्छ । यहाँ दुइवटा गुफाहरु छन् । एउटा गुफा लामो र साँघुरो छ । त्यस गुफाबाट २/३ फुट गहिरो स्वच्छ निलो रंङ्गको पानी निरन्तर बगि रहन्छ । पानी त्यसै गुफा भित्रबाट उत्पन्न भएर भित्रै हराउँछ । यसै भूमिगत नदीलाइ चित्रकुट गोदावरी पनि भन्दछन् । यसै गुफाका अन्तमा भगवान श्रीरामले वनवास कालमा आफ्नो दरवार लगाउनु भएको थियो भन्ने भनाइ पनि छ । अर्को गुफा चौडा र अलि उँचो छ । यसको प्रवेशद्वार साँघुरो भएको हुनाले भित्र पस्न अलि अफ्टेरो हुन्छ । त्यस गुफाको अन्तमा एउटा सानो तलउ छ त्यसलाइ पनि गुप्त गोदावरी भन्दछन् ।
पाताल गोदावरी[सम्पादन गर्नुहोस्]
जमिन भित्र धेरै गहिराइमा बग्ने हुनाले यसलाइ पाताल गोदावरी भनिएको हो । यी नदी प्रसिद्घ पाताल भुवनेश्वरको गुफाभित्र बग्दछिन् । पाताल भुवनेश्वर गुफाको एउटामुख भारत उत्तराञ्चल राज्यकोे पिथौरागढ जिल्लामा पर्ने गंगोलीहाट भन्ने स्थानमा छ भने अर्को मुख नेपालको वैतडी जिल्लाको स्वराड सम्म फैलिएको विश्वास गरिएको छ । नेपालमा यो सबै भन्दा गहिरो गुफा मानिन्छ । भारत तर्फको यो गुफा भित्र असंख्य देवी–देवताहरुका मूर्तिहरु रहेका छन् । त्यहाँ पाताल गोदावरी प्रत्यक्ष दर्शन गर्न सकिन्छ । त्यहाँको व्यवस्थापन सन् २००७ देखी भारतीय पुरातत्व विभागले गरिरहेको छ , भने नेपाल तर्फको भागको पूर्ण अन्वेषण हुन सकेको छैन । नेपालतर्फको गुफामा ८०० मी. लम्बाइमा १६० मी. गहिराइ सम्म मात्रै अन्वेषण भएको छ । ऐतिहासिक कालमा लुप्त यो गुफाको खोज आदि शंकराचार्यले गरेका थिए । यो गुफाको सबै भागमा सामान्य मनुष्यहरूले प्रवेश गर्न सक्दैनन् भनि पुराणले नै उल्लेख गरिदिएका छन् । यसको स्थितिको विषयमा स्कन्द पुराणमा यस्तो उल्लेख भएको पाइन्छ ।
- सरयूरामयोर्मध्ये पातालभुवनेश्वर : ।
- विद्यते रुद्रकन्याभिर्नृत्यन्तीभिर्निषेवितः।।११।। (स्कन्दपुराणको मानसखण्ड अध्याय १०३)
अर्थात : सरयु र रामगंगा नदीका वीचमा पाताल भुवनेश्वरको गुफा छ । त्यहाँ देवी–देवता ,दानव, यक्ष, नाग, अप्सरा, इत्यादीबाट पूजित महादेव शिव विराजमान हुनुहुन्छ । स्कन्दपुराणको मानसखण्डमा यस गुफालाइ भूतलको सबैभन्दा पावनतीर्थ भनेर उल्लेख गरिएको पाइन्छ । जस्तै :
- काशीकोटिगुणं पुण्यं सेतुबन्धात्तथैव च ।
- सहस्रगुणितं पुण्यं केदारान्मुनिसत्तमाः ।।१९।।
अर्थात : यस भूतलका पावन तीर्थहरु काशी, सेतुवन्ध ,केदार, वैद्यनाथ, भन्दा पनि पाताल भुवनेश्वर तीर्थ अतिनै उत्तम छ । यसै पाताल भुवनेश्रको गुफाभित्र बग्ने पाताल गोदावरीमा नागराज ऋतुपर्णले समेत स्नान गरेका थिए भन्ने पौराणिक इतिहास पाइन्छ । यी पाताल गोदावरी सिद्घ र देवताहरुका लागि मात्रै विहित हुन् भन्ने कुरा पौराणिक ग्रन्थहरूले उल्लेख गरेका छन् ।
मानस गोदावरी[सम्पादन गर्नुहोस्]
स्कन्दपुराणका अनुसार नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्र मानसखण्ड भित्र पर्न आउँछ । यस क्षेत्रको सबै भन्दा परम पवित्र तीर्थ भनेको मानसरोवर हो । यसै मानसरोवरबाट उत्पन्न भएर भूमिगत रूपमा जमिनभित्र बग्दै आएर कैलाली जिल्लाको गोदावरी गा.वि.स.मा पर्ने फलाद्री पर्वतको मूलमा प्रकट हुने नदीलाइ मानस गोदावरी भनिन्छ । यस क्षेत्रमा यी गोदावरी नदीलाइ प्राचिनकाल देखिनै विभिन्न देवी देवताहरूको निवास क्षेत्रका रूपमा चिनिने गरिएको छ । स्कन्दपुराण मानसखण्डको अध्याय १५७ का अनुसार यहाँ भगवान श्री कृष्ण समेत आउँनु भएको थियो भन्ने कुरा यो श्लोकले स्पष्ट गर्दछ ।
- जानन्नपि महाभागा हरिः संसारभावविद्
- कौतूहलेन महता हिमवन्तं गिरिं ययौ ।।२२।।
- वज्रन्मध्याह्समये स्नात्वा गोदावरी शुभाम् ।
- फलाद्रिप्रान्तसम्भुतां सिद्धगन्धर्वसेविताम् ।।२३।।
अर्थातः सारा संसारका अन्तर्यामी भगवान श्रीकृष्णले यो कुरा थाहा पाएपछि उहाँ पनि कौतुहलवस त्यो (राक्षस जरासन्धको) चिरा मिल्काइएको स्थान हिमालय पर्वत तिर आउँनु भयो । उहाँले दोपहरका बेला पवित्र फलाद्री पर्वतका छेउबाट भएर बग्ने सिद्घ–गन्र्धवहरूबाट सेवित गोदावरी नदीमा स्नान गर्नु भयो । (२२–२३)
(स्कन्दपुराणमा वर्णित यसै गोदावरी नदीको उद्गम क्षेत्र फलाद्री पर्वतका आसपासमा बसेका स्थानीय निवासीहरु भन्दछन् :
“यो दुर्गम र निर्जन क्षेत्रमा वर्षमा कैयौँ पटक विशेष गरेर नवरात्रको समयमा रातीतिर पंचेबाजा बजेको आवाज आउँछ । जसलाइ यहाँको स्थानीय भाषामा ‘देवताकी घाई’ भनिन्छ । राती तिर आगोका राँकाहरु बलेको जस्तो देखिनु , विस्फोट इत्यादीको आवाज आउँनु पनि भईरहन्छन् ।” यो अत्यन्तै पवित्र र रहस्यमय क्षेत्रमा त्यहाँ निवास गर्ने सिद्घ वा देवताको आज्ञा विना सर्वसाधारणले जानु हँुदैन भन्ने भनाइ पनि छ । जवरजस्ती गए त्यस्को नकारात्मक प्रभाव पर्ने स्थानीय जनजिब्रोबाट सुन्न सकिन्छ । यो क्षेत्र सिद्घहरु र देवताहरूको लागि मात्रै गम्य हो । यस युगका सिद्घपुरुष योगी नरहरीनाथ र खप्तड स्वामी यस दिव्य एवं रहस्यमय क्षेत्रमा २ दिन सम्म बसेर आउँनु भएको थियो भनरे स्थानीयहरु भन्दछन् । )
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "Sage River Database", अन्तिम पहुँच २०११-०६-१६।
- ↑ कुमार, राकेश; सिंह, R.D.; शर्मा, K.D. (२००५-०९-१०), "Water Resources of India", Current Science (Bangalore: Current Science Association) 89 (5): 794–811, अन्तिम पहुँच २०१३-१०-१३।
- ↑ Godāvari River at GEOnet Names Server
- ↑ "River Godavari", rainwaterharvesting.org, अन्तिम पहुँच २००६-११-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१४ मिति
- ↑ "Ponnaiyar", Person unknown, अन्तिम पहुँच २००६-१२-०९।
- ↑ "Godavari River", अन्तिम पहुँच २००६-११-१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)