सामग्रीमा जानुहोस्

डढेलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै लागेको डढेलो।

डढेलो, वन डढेलो वा जङ्गलको आगो[१] जङ्गलको दहनशील वनस्पति भएको एक क्षेत्रबाट सुरु हुने अनियोजित, अनावश्यक, अनियन्त्रित आगो हो। डढेलो लागेपछि त्यस वन क्षेत्रभित्र रहेका सबै रुख, बिरुवा, जीव जनावर आदि प्रभावित हुन्छन्। जङ्गल क्षेत्रभित्र रहेका रुख तथा पातपतिङ्गरहरू सुकेको अवस्थामा रहनु, सतहको माटोमा पानीको कमी र आद्रता न्यून भएको समयमा डढेलो लाग्ने सम्भवाना अत्यधिक हुन्छ। डढेलो प्राकृतिक कारणहरू जस्तै आकाशीय चट्याङ खसेर वा प्राकृतिक रूपले वनजङ्गलमा उत्पन्न घर्षणको कारणले लाग्न सक्छ। प्राकृतिक कारणका साथै यो मानव निर्मित समेत हुन सक्छ। डढेलो लाग्ने कारणको सर्वेक्षणको तथ्याङ्क अनुसार ५०% भन्दा बढी डढेलो मानिसको लापरवाही, असावधानी तथा नियतवश गरिने गरिएको पाइएको छ।[२] एक पटक आगोको झिल्का वनक्षेत्र भित्र रहेको सुकेको झाङमा लागेपछि उग्र भएर आगो हावाको प्रभावमा तीव्र गतिले फैल्ने गर्छ।

डढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसको कारण यसको विशाल आकार, यसको उद्गम स्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउँ जस्तै सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्न सक्ने क्षमता हो।[३]

डढेलोको समस्या मुख्यतया ग्रीष्म ऋतुमा हुने गर्दछ र विश्वका धेरै जसो भू भागमा यो समस्या धेरै सामान्य हो जस्तै युरोपको ग्रिस,[४], अस्ट्रेलिया[५], अमेरिकाको क्यालिफोर्निया[६], ब्राजिलको अमेजन क्षेत्र[७] रहेको छ। नेपालमा समेत डढेलो प्रमुख समस्याको रूपमा रहेको छ।[८] डढेलोको कारण वस्तुभाउ, जङ्गली जनावर सखाप हुने, जैविक विविधतामा असर पुग्ने, मानिसको स्वास्थ्य स्थिति र वातावरणमा ठूलो असर पर्ने गरेको छ। डढेलोको कारण मुख्यतया वन क्षेत्रमा रहेका साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावरलाई बढी क्षति हुने गरेको छ ।

कारण[सम्पादन गर्नुहोस्]

फैलिने गति[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "डढेलो नियन्त्रणबाहिर", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  2. "वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर", दियो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  3. "नेशनल इन्टर एजेन्सी वारुणयन्त्र केन्द्र" (अङ्ग्रेजीमा), मूलबाट ५ नोभेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण २००८-११-०५ मिति
  4. "ग्रीस डढेलो: कम्तीमा २४ को मृत्यु", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  5. "भीषण डढेलोको चपेटामा अस्ट्रेलिया, नेपालीले सुरु गरे राहत अभियान", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  6. "क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या ७७ पुग्यो", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  7. "अमेजन डढेलो : ब्राजिलद्वारा सहयोग अस्वीकार", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 
  8. "नासा भन्छ- नेपालमा एकै दिन दुई हजारभन्दा बढी स्थानमा डढेलो", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]