तुलसी दिवस
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तुलसी दिवस | |
---|---|
तुलसीप्रसाद जोशी | |
जन्म | तुलसीप्रसाद जोशी जुलाई , १९४१ धनकुटा |
राष्ट्रियता | ![]() |
नागरिकता | नेपाली |
शिक्षा | एम.ए. |
पेशा | लेखक, लोकसंस्कृति विद् |
चिनारीको कारण | कविता, लोक साहित्य |
उल्लेखनीय कार्य | तुलसी दिवसका कविता, नेपाली लोक कथा केही अध्ययन, धिमाल लोक धर्म र संस्कृति, प्रदर्शनकारी धिमाल लोक सांस्कृति, नेपाली बाजाहरु |
गृहनगर | धनकुटा |
तुलसी दिवस (वास्तविक नाम तुलसीप्रसाद जोशी) नेपाली साहित्यकार तथा संस्कृतिविद् हुन्। यिनी सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्ने व्यक्ति हुन्।
तुलसी दिवसको जन्म सन् १९४१ जुलाईमा धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो। उनले माध्यमिक शिक्षा धनकुटाकै गोकुण्डेश्वर हाइस्कूलमा पढे र धनकुटा डिग्री कलेजबाट नेपाली साहित्यमा एम ए गरे। त्यसपछि अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरे। यिनले नेपालमा विभिन्न समयमा प्राध्यापन गरेका छन् भने विदेशमा पनि विभिन्न पदमा रही भाषा र संस्कृति विषयमा काम गरेका छन्।
कवितालाई अभिव्यक्तिको माध्यमद्वारा पनि बुझाउन सकिन्छ भन्ने मतको हिमायती तुलसी दिवस कवितालाई सुन्दर र सरल भाषामा, राम्रो र मिठो शैलीमा साथै कवितात्मक हाउभाउका साथ स्पष्टरूपमा अभिव्यक्त गर्ने विशिष्ट खुबी भएका कवि हुन्। तुलसी दिवसले नेपाली साहित्यको भाषालाई लोक भाषासँग सम्बन्ध गराउन धेरै महत्त्वपूर्ण योगदान दिए। यसका साथै लोकसंस्कृतिलाई आम जनजीवनसँग सम्बन्ध गराउनको लागि अथक र निरन्तर प्रयासरत् छन्।
"बाटो"
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ।
तेर्सिँदातेर्सिँदै तेर्सोमा
तेर्सिएको बाटो नै उक्लेपछि
तेर्सिनेको पनि केही लाग्दो रहेनछ।
उक्लँदाउक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ।
ओर्लँदाओर्लँदै फेरि
ओर्लेको बाटो नै उक्लेपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ।
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ।
तुलसी दिवसले नेपाली साहित्यमा गीत, कविता, कथा लेखेका छन्। त्यसैगरी संस्कृति र लोक संगीत विषयमा दर्जनजति पुस्तक लेखेका छन्। यिनले सङ्कलन गरेका कान्छी मट्याङ्ट्याङ लगायतका लोक गीतहरू एक समय निकै चर्चित थिए।
नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अङ्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल, तुलसी दिवसकी कविताएँ आदि यिनले लेखेका केही पुस्तकहरू हुन्। [१] यिनले साहित्य, संस्कृति र संगीतको क्षेत्रका विभिन्न पुरस्कार पाएका छन्। सुप्रवल गोर्खाबाहू, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार लगायतका पुरस्कार यिनले पाएका छन्।
उनले त्रिचन्द्र क्याम्पस र पद्मकन्या क्याम्पसमा लामो समय नेपाली भाषा प्राध्यापन पनि गरेका छन्। हाल उनी नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षको रूपमा कार्यरत् रहेका छन्। तुलसी दिवसलाई लीलध्वज थापा साहित्य प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान प्रदान गरेको छ। नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्याएबापत् उनले यो सम्मान प्राप्त गरेका हुन्।[२]
शिक्षा[सम्पादन गर्नुहोस्]
तुलसी दिवसले सन् १९७० मा त्रिभुवन बिश्व बिद्यालयबाट एम. ए. गरेका हुन्। सन् १९७४ र १९७८ मा लोकसंस्कृति बिषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो बिश्व विद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका हुन्| त्यसरी नै उनले गाकुसुमन बिश्व बिद्यालय टोकियो जापानबाट लोक बार्ता शास्त्रमा पोष्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गरेका छन्।
कार्य जीवन[सम्पादन गर्नुहोस्]
तुलसी दिवस २१ वर्षको उमेरमा धनकुटा सांस्कृतिक प्रतिष्ठानको स्थापना गरी संस्थापक अध्यक्ष बनेका थिए भने चौबिस वर्षको उमेरदेखि नै धनकुटा कलेज, त्रिचन्द्र कलेज, पद्मकन्या कलेज र त्रिभुवन विश्व विद्यालयमा लोकसाहित्य सम्बन्धि प्राध्यापन शुरु गरिसकेका थिए।
प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]
- नेपाली लोक कथा (सन् १९७५)
- नेपाली लोककथा केही अध्ययन (सन् १९७६)
- धिमाल प्रदर्शनकारी लोक संस्कृति (सन् १९७८)
- धिमाल लोकधर्म र संस्कृति (सन् १९८३)
- तुलसी दिवसका कविता (नेपाल प्रज्ञा प्रतिष्ठान, सन् १९८४)
- Folk tales from Nepal (भारत, सन् १९९२)
- तुलसी दिवसकि कबिताएँ (न्यू दिल्ली, सन् १९९७)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ मधुपर्क साहित्यिकमासिक
- ↑ लीलाध्वज साहित्य सम्मान तुलसी दिवसलाई-नेपालन्युज डटकम
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)