नर्थ क्यारोलाइना
स्वरूप
| |||||
![]() |
नर्थ क्यारोलाईना संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा पर्ने एक राज्य हो । यो राज्यको पूर्वमा एट्लान्टिक महासागर छ भने दक्षिणमा साउथ क्यारोलाईना र जर्जिया छन् । यसको पश्चिमी सीमा टेनेसीसित र उत्तरी सीमा भर्जिनिया राज्यसित जोडिएको छ । क्षेत्रफलका हिसाबले नर्थ क्यारोलाईना संयुक्त राज्य अमेरिकाको २८औं ठूलो राज्य हो भने जनसङ्ख्याका आधारमा १०औं ठूलो हो ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा नर्थ क्यारोलाइना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।