गण्डकी नदी
सप्तगण्डकी नदी | |
---|---|
![]() नारारणी नदी र पुल | |
![]() सप्तगण्डकीका सहायक नदीहरू | |
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | चीन |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | पटना |
लम्बाइ | 630 units? |
गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि 'नारायणी' भनिन्छ। यसको लम्बाई ३३८ कि.मी. र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि छ। यसलाई भारतमा गण्डक नामले चिनिन्छ।
चितवन जिल्लाको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तर तर्फबाट बगेर आउने त्रिशूली नदी र बुढीगण्डकी) मर्स्याङ्दी, मिसिएर बन्नेको नदीलाई नारायणी नदी भनिन्छ। यसनदीलाई सप्तगण्डकी समेत भनिन्छ देबघाट धाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको यो नदी माथी नारायणगढमा पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासी जिल्ला तथा लुम्बिनी र नारायणी अन्चललाई छुट्याएको छ। नवलपरासीको त्रिबेणीबाट यो नदी भारत प्रवेश गर्दछ। भारतमा यसलाई गण्डक भन्ने गरिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुन्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महत्त्व छ। यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाईन्छन्।। भारतको बिहार प्रदेशमा गङ्गाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजीकै गंगा नदीसँग मिल्दछ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/3/33/Narayani_river_10.jpg/250px-Narayani_river_10.jpg)
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देवघाट, नारायणघाट तथा त्रिबेणी।
यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :
- कालीगण्डकी जलविद्युत आयोजना
कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये पर्दछ। यसबाट उत्पादित बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडीएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)