सामग्रीमा जानुहोस्

नेपालका राष्ट्रिय विभूतिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका राष्ट्रिय विभूतिहरू मा, कुल १८ जना नेपालीहरूको सूचीकृत छन्, जसमा प्राचीन र मध्ययुगीन कालका व्यक्तिहरू पनि समावेश छन्। वि.सं मा राजा महेन्द्रद्वारा नियुक्त प्रसिद्ध लेखक बालकृष्ण समको अध्यक्षतामा गठित आयोगले मरणोपरान्त आफ्नो दर्जामा चयन गरेको थियो। राष्ट्रमा पुर्‍याएको योगदान, त्यसको प्रभाव र परिणामका आधारमा मनोनयन गर्न आयोगलाई निर्देशन दिइएको थियो। धार्मिक, सांस्कृतिक वा आर्थिक सुधार, युद्धकालीन वीरता, प्रजातन्त्र, साहित्य, वास्तुकलाजस्ता क्षेत्रमा राष्ट्रको गौरवमा पुर्‍याएको योगदानका आधारमा आयोगले मनोनीत गरेको थियो।[१]

नेपालका राष्ट्रिय विभूतिको उपाधि मरणोपरान्त मात्र प्रदान गरिन्छ र यो नियमित उपाधि वा पुरस्कार होइन, तर हाल नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहेको आयोगको छलफलबाट मात्र प्रदान गरिन्छ।

२०७९ असार ६ मा नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको थियो।[२]

राष्ट्रिय विभूतिहरूको सूची[सम्पादन गर्नुहोस्]

नेपालका १८ जना राष्ट्रिय विभूतिहरू यस प्रकार छन्:[३]

  1. गौतम बुद्ध
  2. अंशुवर्मा
  3. सीता
  4. जनक
  5. अरनिको
  6. रामशाह
  7. अमरसिंह थापा
  8. पृथ्वीनारायण शाह
  9. भानुभक्त आचार्य
  10. भीमसेन थापा
  11. बलभद्र कुँवर
  12. त्रिभुवन शाह
  13. मोतिराम भट्ट
  14. शङ्खधर साख्वा
  15. पासाङ ल्हामु शेर्पा
  16. महागुरु फाल्गुनन्द
  17. भक्ति थापा
  18. जयपृथ्वीबहादुर सिंह

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Heroes / Personalities / Luminaries of Nepal", ImNepal.com (अङ्ग्रेजीमा), २०११-१२-२३, अन्तिम पहुँच २०१७-०८-०६ 
  2. "जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय", कान्तिपुर दैनिक (नेपालीमा), ३० जेठ २०८१। 
  3. "Bhakti Thapa is the latest national hero of Nepal", अनलाइन खबर (अङ्ग्रेजीमा), जुलाई २०२१, मूलबाट २०२१-०७-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-०१