फर्पिङ लघु जलविद्युत् परियोजना
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
फर्पिङ लघु जलविद्युत् परियोजना | |
---|---|
![]() | |
देश | ![]() |
स्थान | फर्पिङ, काठमाडौँ |
उर्जा उत्पादन जानकारी | |
जडान क्षमता | ५०० kW |
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/b/b3/%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%AA%E0%A4%BF%E0%A4%99_%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4_%E0%A4%97%E0%A5%83%E0%A4%B9.jpg/200px-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%AA%E0%A4%BF%E0%A4%99_%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4_%E0%A4%97%E0%A5%83%E0%A4%B9.jpg)
प्रथम जलबिद्युत अनी यसको ईतिहास : एसियाको दोस्रो जलविद्युत योजना:
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/d/de/Farping_Reservoir.jpg/200px-Farping_Reservoir.jpg)
इतिहास[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/3/3b/Farping_02.jpg/200px-Farping_02.jpg)
सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एसियाकै दोस्रो जलविद्युत परियोजना हो। तत्कलिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा गेहेन्द्र शमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई 'श्री चन्द्रज्योति प्रकाश' भन्ने गरिन्थ्यो। फर्पिङ जलविद्युत् गृहको उद्घाटन राजा पृथ्वी वीरविक्रमले बिसं १९६८ साल जेठ ९ गते गरेका थिए। यस केन्द्रबाट उत्पादित विद्युत वितरण सुव्यवस्था गर्न 'बिजुली अड्डा'को नामले एउटा अड्डा स्थापना गरिएको थियो।
काठमाडौँ उपत्यकादेखि करिब १२ कि.मि. दक्षिण पश्चिमको कोणमा रहेको फर्पिङ जलविद्युत् गृह निर्माणको कुल लागत पूँजी रु. सात लाख १३ हजार रहेको थियो। यसको सम्पूर्ण आर्थिक सहयोग Ingland सरकारबाट प्राप्त भएको हो। यसरी उत्पादित विद्युतलाई ११ के.भी. वितरण प्रणालीद्वारा काठमाडौँ उपत्यकामा आपूर्ति गरिएको थियो। यस फर्पिङ जलविद्युत् गृह केन्द्रले गत जेठ ९ गते ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गरेको छ।
वर्तमान अवस्था[सम्पादन गर्नुहोस्]
सय वर्ष मनाउदै गर्दा नेपाल सरकारले यस क्षेत्रलाई पर्यटकिय हब बनाउने , पार्क बनाउने र जलबिध्युत सङ्रालय बनाउने समेत उद्घोश गर्यो । तर कुरा बढी अनी काम अली कम गर्ने परीपाटी भएको हाम्रो देशमा यो कतिको कार्यान्वयन हुन्छ त्यो भने हेर्न बाँकी छ् । हरेक वर्ष मन्त्री परिवर्तन हुने हाम्रो राजनीतिक बनौटले एउटा मन्त्री आउँदा एउटा अनी अर्को आउँदा अर्कै बातावरणको निर्माण हुनुले पनि यस्ता महत्त्वको धरोहरको हरूले सन्रक्षणको मौका कमै पाउछन । नेपालको ईतिहासको एउटा साक्षी यो चन्द्रज्योती बिद्युत , नेता अनी सरकारमा बसेका ब्यक्तीको आँखामा खासै पर्न नसकेको र यसको लागि दिर्घकालिन रूपमा बजेट समेत नछुट्याईेकोमा बेला बेलामा कुरा उठे पनि खासै प्रगती चाँही हुन नसकेको बताउनु हुन्छ , हाल समाजशास्त्रमा स्नातकोत्तर गरिरहनु भएका एक युवा प्रमोद कुमार पौडेल, हाल कलंकी , काठमाडौ । । राज्यले जुन रूपमा यसलाई हेर्नु पर्ने हो त्यसरी नहेरेको र यो बिस्तारइ उपेक्षामा पर्दै गएको वहाँको भनाइ छ् ।
चन्द्रशमसेरले स्थापना गरिदिएको फर्पिङ जलविद्युत गृहले राजधानीबासीलाई लगातार ६० वर्षसम्म उज्यालो दियो । तर राजधानीमा खानेपानीको अभावसंगै स्वयं यसको भविष्य अन्धकार भयो २०३८ सालमा फर्पिङको पानी राजधानी ल्याउन शुरु गरिएपछि बन्द भएको फर्पिङ जलविद्युत गृह अहिले जीर्ण अवस्थामा पुगेको छ । ६० वर्षसम्म उज्यालो दिने र विकासको ढोका खोल्ने फर्पिङ विद्युत गृहलाई त्यसपछि सबैले बिर्सिए ।
एउटा जमाना थियो अहिलेका अति विकसित भनिएको जापान र विकासको तीब्र फड्को मार्दै गरेको चीनभन्दा अगाडि थियो नेपाल । अरु कुनै हिसाबले होइनविकासका दृष्टिकोणले । चीन र जापानभन्दा पनि पहिले नेपालमा बिजुली बलेको थियो । एसिया महादेश मै बिजुली बाल्ने भारतको दार्जिलङ पछि नेपाल दोश्रो देश वन्यो । विसं १९६४मा बेलायत यात्रा गरेर फर्किएपछि नेपालमा पनि विद्युत गृह स्थापनाको सोच राखे र बेलायती र नेपाली इन्जिनियरको सहयोगमा इस्टिमेट तयार पारियो । २० महिनाको अथक प्रयास पछि नेपालमा पहिलोपटक विजुली बल्यो । तर यस्तो गौरवपूर्ण इतिहास बोकेको फर्पिङको बिजुली २०३८ सालपछि सदाका लागि निभ्यो । सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिहरूले फर्पिङलाई बिस्रदैं गए । फलस्वरुप ऐतिहासिक रूपले महत्त्वपूर्ण पूर्वाधारहरु जिर्ण हुदैं गए । काठमाण्डौंबाट झण्डै १७ किलोमिटर दक्षिणमा पर्ने फर्पिङ क्षँेत्रका कुटली खोला सातमुले र शेषनारायण समेत गरी तीन ठाउँको पानीलाई एक ठाउँमा जम्मा गरेर यो विद्युत गृह बनाइएको थियो । राणाहरूले व्यक्तिगत प्रयोजनका लागि यो विद्युत गृह बनाएको इतिहास छ तर पनि उद्योग कलकारखाना चलाउन यो गृहको बिजुली प्रयोग गरिन्थ्यो ।
यसलाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो ।