सामग्रीमा जानुहोस्

भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भट्टराई/भट्टराय
जम्मा जनसङ्ख्या
३,२२,१७५[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
अधिकारी, पौडेल, खत्री, पोखरेल

भट्टराई नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो। यो थर वशिष्ठ गोत्रको हुन्छ।भट्टराई खसजातिको थर हो । सिँजामा विक्रमको सातौँ आठौँ शताब्दीमा ऋषि भट्टबाट यो वंशले पहिचान बनाएको पाइन्छ । यिनका छैटौँ सन्तति गर्भू भट्टलाई तत्कालीन चल्ल राजाले न्यायको फाँट हेर्ने राजकीय काम जिम्मा दिएपछि भट्टराई भनिन थालिएको हो ।

भट्टराईका निम्न उप-समुदाय: सिन्धुले भट्टराई, सालुखे भट्टराई, गाम्नाङ्गे भट्टराई, चिसुङ्खे भट्टराई हुन्छ।[स्रोत नखुलेको]

नेपालको इतिहासकालदेखि मानसम्मान पाउँदा आएका भट्टराई नेपालको एक बहुसङ्ख्यक थरीमा पर्छन् । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपालकै सन्त राजनेता हुन्हुन्थियो । माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री थिए । भट्टराईको बंशावलीपनि एउटा संग्रहणिय पुस्तक हो ।


गाम्नाङ्गे भट्टराई[सम्पादन गर्नुहोस्]

यिनीहरूको उत्पति ओखलढुङ्गा जिल्लाको गाम्नाङ्गटार भन्ने गाउँबाट भएको मानिन्छ । यिनीहरू १२ मष्टो मध्येको मण्डली मष्टो देवतालाई पुजेर देवाली पर्व (कुलपुजा) मनाउँछन्। देवालीमा "वशिष्ठ गोत्रको १८ भाइ मध्येको साँहिलो भैया हुँँ" भन्ने मूलधामीले दावा गर्छ।

नेपाली काङ्ग्रेसका पूर्वमन्त्री बलबहादुर केसी (भट्टराई क्षेत्री) गाम्नाङ्गे भट्टराई हुन् ।

सिन्धुले भट्टराई[सम्पादन गर्नुहोस्]

सालुखे भट्टराई[सम्पादन गर्नुहोस्]

चिसुङ्खे भट्टराई[सम्पादन गर्नुहोस्]

आदिम कालमा चल्ल राजा को पालामा एक जना भट्ट लाई कानुन बिभाग को रास्टृय योजना कार सल्लाहकार (राय कार )को रूपमा राखिएको थियो। तिनै भट्टलाई राय जोडि भट्टराय साब भन्न थालियो बिस्तारै भट्टराय अपभ्रम्स भइ भट्टराई हुन । गयो तत्पश्चात तिनै बाबै का पाँच सन्तान थिये ती मध्दधे काइला सन्तान जो ओखलढुंगा को चिसाङ्खु भन्ने ठाउ बसे पहिला पहिला आफ्नो ठाउँ लाई बिर्ता भन्ने गरिन्थियो तसर्थ तिनै काइला छोराका सन्तान हुन जो चिसाङ्खु बिर्ता वाला का सन्तान हुन।

  1. अन्य जानकारी कालागी भट्टराई कुलको वंशावली अध्ययन गर्न सक्नुहुन्छ।जय कुल देवता ।।

नेपालमा भट्टराई थरसँग उल्लेखनीय मान्छेहरु[सम्पादन गर्नुहोस्]

रवि भट्टराई :(https://www.facebook.com/RabiBhattaraii) लेखक तथा पत्रकार (https://ktmkhabar.com/2024/07/03/51418/)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भट्टराई प्रोफाइल", अन्तिम पहुँच २०१७-०३-१३ 
  2. "Krishna Prasad Bhattarai", Encyclopædia Britannica, अन्तिम पहुँच २०१२-०५-१३ 
  3. Navin Singh Khadka (२००५-०५-०६), "Nepal's Maoist leadership divisions", South Asia, BBC News, अन्तिम पहुँच २०१२-०५-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]