सामग्रीमा जानुहोस्

मिस्री भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस्री
r
Z1
nkmmt
O49
r n km.t[१]
क्षेत्रमूल रूपमा, प्राचीन मिस्रनुबिया को भागहरूमा (विशेष गरी नुबियाली राज्यहरू को समयमा)[२]
रैथाने(हरू)प्राचीन मिस्रीहरू
Northern Ancient Nubians
[२]
आञ्चलिक भाषाहरू
इजिप्टेली चित्रलिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-२egy (also cop for Coptic)
आइएसओ ६३९-३egy (also cop for Coptic)
भाषाविद् प्रयोगशाला11-AAA-a
एबेर्स पापाइरसमा दमको उपचारको विवरण

मिस्री भाषा वा प्राचीन मिस्री एक अफ्रोएसियाली भाषा परिवार अन्तर्गत विलुप्त भाषा हो जुन प्राचीन मिस्रमा बोलिन्थ्यो। यसको वर्तमान ज्ञान १९औँ शताब्दीको प्रारम्भतिर प्राचीन मिस्री चित्रलिपिको व्याख्या पश्चात सम्भव भएको हो।

मिस्री प्रारम्भिक लिखित भाषाहरू मध्ये एक हो, पहिलो पटक चौथो सहस्राब्दी ईसा पूर्वमा मिस्री चित्रलिपिमा प्रलेखित गरिएको थियो। यो सबैभन्दा लामो-प्रमाणित मानव भाषा पनि हो, जसको लिखित अभिलेख ४००० वर्ष भन्दा बढी फैलिएको छ। यसको शास्त्रीय रूप जुन मध्य मिस्री भनेर चिनिन्छ, मिस्रको मध्य राज्यको साझा भाषा थियो जुन रोमी अवधिसम्म मिस्रको साहित्यिक भाषा पनि रह्यो।

यो भाषाको बोलिने रुप शास्त्रीय पुरातनता कालमा देमोतिकीमा विकसित भयो र यसको रोमी युगमा विभिन्न कोप्ती उपभाषामा विविधीकरण भयो। यिनको अन्ततः मिस्रको मुस्लिम विजयपश्चात अरबी द्वारा प्रतिस्थापन भयो। यद्यपि बोहाइरी कोप्ती भाषा कोप्ती चर्चको धार्मिक भाषाको रूपमा प्रयोगमा रहिआएको छ।[६]

वर्गीकरण[सम्पादन गर्नुहोस्]

मिस्री अफ्रोएसियाली भाषा परिवारसँग सम्बन्धित छ। यसले अन्य अफ्रिकी-एसियाली शाखाहरू मध्ये, बर्बर र सेमिटिक शाखाका भाषाहरू, विशेष गरी हिब्रूसँग, बढी सम्बन्ध साझा गरेको भाषाविद्हरूको भनाई छ। यद्यपि, अन्य विद्हरूका तर्क अनुसार मिस्रीले उत्तर-पूर्वी अफ्रिकी क्षेत्रका भाषाहरूसँग बढी घनिष्ठ भाषिक सम्बन्धहरू साझा गर्दछ भन्ने धारणा रहेको छ।

मिस्री लिखित रूपमा दर्ता भएको अफ्रोएसियाली भाषाहरूमा सबैभन्दा पुरानो भएतापनि, यसको संरचना अन्य अफ्रोएसियाली भाषाहरू र विशेष रुपमा सेमिटिक भाषाहरू बाट धेरै भिन्न छ। यसका एक्कास्त सम्भावनाहरू छन्: शायद मिस्री भाषामा यो लेखित रूपमा दर्ता हुनु अघि बाटै आदिम-अफ्रोएसियालीबाट ठुला परिवर्तनहरू भइसकेको थियो वा अफ्रोएसियाली परिवारलाई अहिलेसम्म बढी सेमिती शाखामा केन्द्रित भइ अध्ययन भएकाले हो वा जी. डब्ल्यू. त्सेरेतेलीका सुझाव अनुसार, अफ्रोएसियाली एक आनुवांशिक भाषा परिवार भन्दा पनि नजिकको सम्पर्क बाट पारस्परिक समानता हुन पुगेको भाषाहरुको समूह हो।

इतिहास[सम्पादन गर्नुहोस्]

मिस्री भाषालाई परम्परागत रूपमा छवटा प्रमुख कालक्रमिक विभाजनहरूमा समूहबद्ध गरिएको छ: [७]

  • अतिपुरातन मिस्री (२६०० ईसा पूर्व), प्रारम्भिक राजवंश कालको पुनर्निर्मित भाषा ,
  • पुरातन मिस्री (२६०० - २००० ईसा पूर्व), पुरानो राज्यको भाषा,
  • मध्य मिस्री (२००० - १३५० ईसा पूर्व), मध्य राज्यको प्रारम्भिक नयाँ राज्यको भाषा र चौथो शताब्दीमा साहित्यिक भाषाको रूपमा जारी रह्यो,
  • पछिल्लो मिस्री (१३५० - ७०० ईसा पूर्व), अमरना कालदेखि तेस्रो मध्यवर्ती अवधि ,
  • देमोतिकी (७०० ईसा पूर्व - ई. सं. ४००), लेट पीरियडको स्थानीय भाषा, टोलेमाइक र प्रारम्भिक रोमन इजिप्ट ,
  • कोप्ती (ई. सं. २०० पछि), ईसाईकरणको समयमा स्थानीय भाषा, र इजिप्टियन ईसाई धर्मको धार्मिक भाषा।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Erman, Adolf; Grapow, Hermann, Wörterbuch der ägyptischen Sprache, Akademie-Verlag, Berlin, 1926–1961. आइएसबिएन ३०५००२२६४७.
  2. २.० २.१ "Ancient Sudan~ Nubia: Writing: The Basic Languages of Christian Nubia: Greek, Coptic, Old Nubian, and Arabic", ancientsudan.org, मूलबाट ५ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-०९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०५ मिति
  3. ३.० ३.१ Allen (2000:2)
  4. ४.० ४.१ Loprieno (1995:8)
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named extinct
  6. Coptic in 20 Lessons: Introduction to Sahidic Coptic with Exercises & Vocabularies, २००७, पृ: १। 
  7. Encyclopedia of the Archaeology of Ancient Egypt, पृ: ३२५।