मेघदूतम्
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/48/Kalidasa_inditing_the_cloud_Messenger%2C_A.D._375.jpg/220px-Kalidasa_inditing_the_cloud_Messenger%2C_A.D._375.jpg)
मेघदूतम् महाकवि कालिदास द्वारा रचित विख्यात दूतकाव्य हो। यसमा एक यक्षको कथा छ जसलाई कुबेरले अल्कापुरीबाट निष्कासित गरिदिएका थिए। निष्कासित यक्ष रामगिरि पर्वतमा निवास गर्दछ। वर्षा ऋतुमा त्यसलाई आफ्नो प्रेमिकाको सम्झनाले सताउन लाग्दछ। कामार्त यक्षले सोच्न थाल्छ कि कुनै प्रकारले त्यसका अल्कापुरी फर्कनु सम्भव छैन, यस कारण त्यो प्रेमिकासम्म आफ्नो सन्देश दूतका माध्यमले पठाउने निश्चय गर्दछ। एक्लोपनको जीवन बिताउँदो यक्षले कुनै पनि सन्देशवाहक पाउँदैन। यस कारण उसले मेघका माध्यमले आफ्नो सन्देश विरह आकुल प्रेमिकासम्म पठाउने कुरा सोच्न थाल्छ। यस प्रकार आषाढको पहिलो दिन आकाशमा उड्ने मेघहरूले कालिदासको कल्पनाका साथ मिलेर एक अनन्य कृतिको रचना गरिदिन्छन्।
"मेघदूत"को लोकप्रियता भारतीय साहित्यमा प्राचीन कालदेखि नैं रहेकोछ। जहाँ एकातिर प्रसिद्ध टीकाकारहरूले यसमाथि टीकाहरू लेखेका छन्, अनि अनेक संस्कृत कविहरूले यसबाट प्रेरित भएर अथवा यसलाई आधार बनाएर धेरै दूतकाव्य लेखेका छन्, भावना र कल्पनाको जो उदात्त प्रसार मेघदूतमा उपलब्ध छ, त्यो भारतीय साहित्यमा अन्यत्र विरल छ। मेघदूतम् काव्य दुइ खण्डहरूमा विभक्त छ। पूर्वमेघमा यक्ष बादललाई रामगिरिदेखि अलकापुरी सम्मका बाटाहरूको विवरण दिन्छ र उत्तरमेघमा यक्षको प्रसिद्ध विरहदग्ध सन्देश छ, जसलाई कालिदासले प्रेमीहृदयको भावनालाई मुछेका छन्। केही विद्वानहरूले यस कृतिलाई कविको व्यक्तिव्यंजक (आत्मपरक) रचना मानेका छन्। "मेघदूत"मा लगभग ११५ पद्य छन्।
अन्य दूतकाव्य[सम्पादन गर्नुहोस्]
नेपालीमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली मेघदूत काव्य लेखे। महाभारतका "नलोपाख्यान" नामक आख्यानमा नल तथा दमयन्ती द्वारा यसलाई दूत बनाएर परस्पर संदश प्रेषणको जो कथा आएको छ, त्यो पनि दूतकाव्यले पनि परम्पराको अनुसरण छ। कवि जसबात (९औं शताव्दी) "मेघदूत" झैं मंदाक्रान्ता छन्दमा तीर्थकर पार्श्वनाथका जीवनसित सम्बद्ध चार सर्गहरूको एक काव्य "पार्श्वाभ्युदय" लेखेकोछ जसमा मेघका दौत्यका रूपमा मेघदूतका शताधिक पद्य समाविष्ट छन्। १५ औँ शताब्दीमा "नेमिनाथ" र "राजमती" भएका प्रसंगलाई लिएर "विक्रम" कविले "नेमिदूत" काव्य लेखे, जसमा मेघूदत"का १२५ पद्यहरूका अन्तिम चरणहरूलाई समस्या बनाएर कविले नेमिनाथ द्वारा परित्यक्त राजमतीका विरहको वर्णन गरेकाछन्। यसै कालमा एक अन्य जैन कवि "चरित्रसुन्दर गणिले शान्तरसपरक जैन काव्य "शीलदूत"को रचना गरे यी दुइ कृतिहरूका अतिरिक्त विमलकीर्तिको "चन्द्रदूत", अज्ञात कविको "चेतोदूत" र मेघविजय उपाध्यायको "मेघदूत समस्या" यस परम्पराका अन्य जैन काव्य छन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)