मौरी पालन
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/1/1a/Bee_keeping_at_Primrose_Cottage%2C_Little_OAKLEY%2C_Northants..jpg/300px-Bee_keeping_at_Primrose_Cottage%2C_Little_OAKLEY%2C_Northants..jpg)
मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुहरुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्ष अघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्ष अघि देखि यसलाई घरमै पाल्न थालियो। त्यसबेला सधारण छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/7/7d/Cueva_arana.svg/200px-Cueva_arana.svg.png)
१८ औँ शताब्दिमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेसालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जसमा मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकल्न सकिन्थ्यो । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।
सुरुवात[सम्पादन गर्नुहोस्]
मौरीको २०,००० भन्दा बढी प्रजातिहरू छन्।[२] यि मध्ये धेरै शान्त स्थानमा वा एक्लै बस्न मन पराउछन।[३] केहि मौरीहरू जंगली हुन्छन् (जस्तै:-खागो)। मौरी पालन सामजिक मौरीको प्रजातिलाई पाल्नु हो, जसमा १,००,००० वटा मौरी हुन्छन ।
जंगली मह सङ्कलन[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/9/92/Natural_Beehive_and_Honeycombs.jpg/220px-Natural_Beehive_and_Honeycombs.jpg)
जंगली मौरीको घारबाट मह सङ्कलन गर्नु मान्छेको सनातन कार्य हो। यो कार्य अफ्रिका,एसिया,अस्ट्रेलिया र दक्षिण अमेरिका अझै चलिरहेको छ। यास्तो गर्न मौरीलाई धुवाँ लगाएर धपाइन्छ । यसो गर्दा मौरीको घार समेत नस्ट हुन सक्छ।
मौरीमा अनुसन्धान[सम्पादन गर्नुहोस्]
१८ औँ शताब्दिमा युरोपमा भएको अनुसन्धानमा मौरीको बरेमा थप जानकरीहरू पत्ता लागे। उनिहरूले रानी मौरीले अण्डा पार्ने कुरो विचार गरे र मह निकल्दा रानी मौरीलाई असर नपुराउदा मौरीको घार नस्ट नहुने कुरो पत्ता लगाए। त्यसैले हुबर लाई फादर अफ् मोदन बीसाइन्स भनिन्छ।[४]
घारको व्यवस्थापन[सम्पादन गर्नुहोस्]
मौरीलाई हल्ला मन पर्दैन त्यसैले यसको घार धेरै हल्ला हुने तथा धेरै हावा लाग्ने स्थानमा बनाउनु हुदैन । यसले फूलबाट मह बनाउने भएकाले फूलबारी छेउमा भए राम्रो हुन्छ ।
दानापानीको व्यवस्थापन[सम्पादन गर्नुहोस्]
मौरीले आफ्नो खाना आफैं खोज्छ तर फूल वा तोरीबारी छेउमा छ भने यसलाई सजिलो हुन्छ ।
मह र मैन को प्रयोग[सम्पादन गर्नुहोस्]
- मह र मैनलाई औषधि बनाउन प्रयोग गरिन्छ ।
- मैनलाई मैनबत्ति बनाउन, मुर्ति बनाउन जस्ता कार्यमा प्रयोग गरिन्छ ।
- महलाई औषधिको साथमा सेवन गरिन्छ ।
मौरी पालनका लगि आवस्यक बस्तुहरू[सम्पादन गर्नुहोस्]
- मौरीको घार
- धुवाउने बस्तु वा स्मोकेर
- सुरक्षित लुगा
- पन्जा
चित्रावली[सम्पादन गर्नुहोस्]
-
लेकम गाउँपालिका-२, दार्चुलामा गरिएको मौरी पालन
-
लेकम गाउँपालिका-२, दार्चुलामा एउटा घरमा गरिएको मौरी पालन
-
मौरी पालन
-
मौरीको घार
-
मौरी पालन
-
मौरी पालन
-
गोदावरी न. पा. वाड नं. १०, ललितपुरमा गरिएको मौरी पालन
-
दार्चुलाको एउटा घरमा गरिएको मौरी पालन
-
दार्चुलमा मौरी घार संगै मौरी पालक किसान
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "एन्सिएन्ट केभ पेन्टैङ् मेन अफ् बाइकोर्प", MD Bee, अन्तिम पहुँच २००८-०३-१२।
- ↑ "मौरीको प्रजाति"
- ↑ " एक्लै बस्न मन पराउने मौरी " वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-२५ मिति
- ↑ नोवेल्लेस अब्सेरबेसन सर लेस एबिलिएस्,।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)