वसन्ततिलका छन्द
स्वरूप
वसन्ततिलका छन्दमा १४वटा अक्षर् र ४वटा गणहरू हुन्छन। येसमा एक तगण,एक भगण,दुइ जगण,र दुइ गुरु हुन्छन।
वसन्ततिलका छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेका छन्। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १४ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | त | भ | ज | ज | ग | ग |
---|---|---|---|---|---|---|
मात्रा-- | ss। | s।। | ।s। | ।s। | s | s |
उदाहरण[सम्पादन गर्नुहोस्]
संस्कृतमा[सम्पादन गर्नुहोस्]
संस्कृतमा यसको उदाहण यस प्रकार एकै श्लोकमा दिएको छ ।
उक्ता वसन्ततिलका तभजा जगौ गः।
नेपालीमा[सम्पादन गर्नुहोस्]
गर्ने लडाइँ भनियो अनि जोस आयो ।
खाएर ठक्करहरू अनि होस आयो ।।
जो लड्छ उठ्न पनि सिक्दछ फेरि जान्नू ।
घोडा चढेर लडिए किन दु:ख मान्नु ।। (जीवनबोध : सुदेश सत्याल)
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाक्रो दिएर धर्तीको अनि शील पानी ।।
राम्रो दिएर यसको गर छाँटकाँट ।
फुल्ने छ यो सकल मग्मग दिव्यठाँट ।। (लक्ष्मीप्रसाद देवकोटा)