शुक्रनगर
स्वरूप
शुक्रनगर | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°Eनिर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E | |
देश | नेपाल |
जिल्ला | चितवन जिल्ला |
स्थानीय तह | भरतपुर महानगरपालिका |
सरकार | |
• वडाध्यक्ष | छविलाल सापकोटा (स्वतन्त्र) |
क्षेत्रफल | |
• जम्मा | १४.१६ किमी२ (५.४७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,०५७ |
• घनत्व | ५७०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
शुक्रनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८,०५७ रहेको थियो जसमध्ये ३,६९३ पुरुष र ४,३६४ महिला रहेका थिए भने यहाँ १,८६३ घरधुरी रहेको थियो।[१] साविकका शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो[२] भने २०७३ फागुन २७ गते नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा गाभिएको थियो।[३] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ हो। यहाँको क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "भरतपुर बन्यो महानगरपालिका"। रातोपाटी।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "वडा २५"। भरतपुर महानगरपालिका।