सामग्रीमा जानुहोस्

श्रीअन्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीअन्तु
पूर्व गाविस
अन्तु पोखरी
अन्तु पोखरी
श्रीअन्तु is located in कोशी प्रदेश
श्रीअन्तु
नेपालको नक्सामा श्रीअन्तुको अवस्थिति
श्रीअन्तु is located in नेपाल
श्रीअन्तु
श्रीअन्तु (नेपाल)
निर्देशाङ्क: २६°२८′N ८७°५०′E / २६.४७°N ८७.८४°E / 26.47; 87.84निर्देशाङ्कहरू: २६°२८′N ८७°५०′E / २६.४७°N ८७.८४°E / 26.47; 87.84
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
जनसङ्ख्या
 • जम्मा४,६२६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

श्रीअन्तु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६२६ रहेको थियो जसमध्ये २२७६ पुरुष र २३५० महिला रहेका थिए भने यहाँ १०८६ घरधुरी रहेको थियो।[१][२] वर्तमान समयमा यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गतको एक स्थान हो। अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो।[३] यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई 'दिपेन्द्र शिखर' भनी नामाकरण गरिएको भए पनि पुरानै नाम श्री अन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ। देशका विभिन्न स्थानबाट महेन्द्र राजमार्ग झापा जिल्लाको चारआली हुँदै फिक्कल वा पशुपतिनगरबाट श्री अन्तु पुग्न सकिन्छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९