सुन गिद्ध
सुन गिद्ध | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Sarcogyps Lesson, 1842
|
प्रजाति: | S. calvus
|
वैज्ञानिक नाम | |
Sarcogyps calvus (Scopoli, 1786) | |
![]() | |
सुन गिद्धको वितरण | |
पर्याय | |
|
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/9/9e/Sarcogyps_calvus_-Berlin_Zoo_-upper_body-8a.jpg/200px-Sarcogyps_calvus_-Berlin_Zoo_-upper_body-8a.jpg)
सुन गिद्ध नेपाल लगायत दक्षिण एसियाको तथा दक्षिणपूर्वी एसियाको केहि भूभागमा पाइने गिद्धको प्रजाति हो। तीन दशकअघिसम्म प्रचुर मात्रामा पाइने सुन गिद्ध हाल लोप हुँदै गएर यसको संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा अति सङ्कटापन्न अवस्थामा सूचिकृत छ यसलाई अङ्ग्रेजीमा रेड-हेडेड भल्चर (Red-headed Vulture) भनिन्छ ।
विबरण[सम्पादन गर्नुहोस्]
सुन गिद्ध तुलनात्मक रूपमा पातला र चुच्चा पखेटाहरू हुने सुन गिद्धका वयस्कको नांगो रातो टाउको, नासिका झिल्ली, घाँटीको फेद र तिघ्राको माथिल्लो भागमा सेता टाटा, राता राता खुट्टा र औँलाहरू हुन्छन्। वयस्कको नाङ्गो रातोरातो टाउको तथा नासिकाझिल्ली घाँटीको फेद र तध्राको माथिल्लो भागमा सेता टाटाहरू, राता खुट्टा र औँलारू हुन्छन्। उडानमा सहायक पखेटाको फेदमा फुस्रोफुस्रो सेतो चौडा पेटी हुन्छ। बच्चा सुन गिद्धको टाउको सेतो भुवादार प्वाँख, टाउको र औँलामा गुलाफी रङ था तिध्राको माथील्लो भागमा सेतो टाटो र सेतोसेतो पुच्छरढकनी आदि प्रमुख विशेषताहरू हुन्।
वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]
सुन गिद्ध दक्षिण एसियाका राष्ट्रहरू नेपाल, भारत लगायत दक्षिणपूर्वी एसियामा सिङ्गापुरसम्म पाइने गर्छ। यो प्रजाति ३००० मिटर उचाई सम्मका बस्ती नजिकका खुल्ला ठाँउ र रूखले ढाकिएका डाँडाहरूमा पाइन्छ। यसले अग्ला रूखहरूमा गुँड लगाउने गर्छ।
खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]
सुन गिद्ध समुद्री सतहबाट दुई हजारदेखि ३ हजार १ सय मिटरसम्मका उचाइमा तीन दशकअघिसम्म प्रचुर मात्रामा पाइन्थ्यो। हाल यो प्रजाति लोप हुँदै गएर यसको संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा अति सङ्कटापन्न अवस्थामा सूचिकृत गरेको छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ BirdLife International (२०१२), "Sarcogyps calvus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
![](http://chped.net/https/upload.wikimedia.org/wikipedia/commons/thumb/8/81/Wikimedia-logo.svg/40px-Wikimedia-logo.svg.png)