मदन आश्रित राजमार्ग
स्वरूप
रा05 | ||||
---|---|---|---|---|
मदन आश्रित राजमार्ग | ||||
Madan Ashrit Highway | ||||
राजमार्गको विवरण | ||||
को भाग | ||||
लम्बाइ | ३३.२ किमी (२०.६ माइल) | |||
इतिहास | सन् २०१८ मा सम्पन्न | |||
प्रमुख चोकहरू | ||||
North end | मुग्लिन | |||
South end | नारायणघाट | |||
Location | ||||
Primary destinations: | मुग्लिन, नारायणघाट | |||
राजमार्ग प्रणाली | ||||
नेपालका सडकमार्गहरू
|
मदन आश्रित राजमार्ग जसलाई मुग्लिन-नारायणघाट राजमार्ग पनि भनिन्छ, नेपालका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय सडक सञ्जाल हो। यो राजमार्ग भएर दैनिक प्रायः २०,००० गाडीहरू सञ्चालन हुने गर्दछ भने अन्तर्राष्ट्रिय यातायातको ९०% भाग यसले ओगटेको छ। ३६ किलोमिटर लम्बाइ भएको यो राजमार्गले नारायणघाट र मुग्लिन सहरलाई जोड्दछ। ३३.२ किलोमिटर लम्बाइ भएको यो राजमार्गको सडक खण्ड ५ मिटरदेखि ९–११ मिटरसम्म चौडा रहेको छ।[१] यो राजमार्गको निर्माण कार्य वि.सं. २०७५ कार्तिकमा पूरा भइसकेको थियो। यो राजमार्गले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गलाई जोड्ने कार्य गर्दछ।