सामग्रीमा जानुहोस्

हुलाकी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रा17 shield}}

हुलाकी राजमार्ग
हुलाकी राजमार्ग, पद्मरोड
नक्सा
Postal Highway (NH05) in red
राजमार्गको विवरण
को भाग
लम्बाइ१,७९२.४२ किमी (१,११३.७६ माइल)
अवस्था1930s–हाल
इतिहासUnder Construction
प्रमुख चोकहरू
East end kechana kawal
West endDodhara
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू

नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग (अङ्ग्रेजी: Postal Highway) आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने छ । आ.व. २०६५/६६ मा शुरु भई आ.व. २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने अनुमान छ । [१]

इतिहास[सम्पादन गर्नुहोस्]

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिाड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । [२] यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुाचमार्ग पनि हो । यस आयोजना पूर्व-पश्चिम ९सय ७५ किमि फैलिएको छ ।

भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । [३]

कार्य प्रगति[सम्पादन गर्नुहोस्]

राजमार्ग तराई सिमानाका २० जिल्ला जोड्ने दुई लेनको सडक हो र सन् २०२० नोभेम्बरसम्ममा ८३% सडक निर्माण सम्पन्न भइसकेको थियो। हुलाकी राजमार्ग निर्माणालय, सडक विभाग यस आयोजनाको कुनै पनि कुरासँग सम्बन्धित सरकारी कार्यालय हो।[४]

मुख्य उद्देश्य[सम्पादन गर्नुहोस्]

यो नेपालकै सबैभन्दा पुरानो राजमार्ग हो जुन जुद्धशमशेर जंगबहादुर राणा र पद्मशमशेर जंगबहादुर राणाले देश भरी हुलाक सेवाहरू सञ्चालन गर्न र यातायातमा सहयोग पुर्‍याउन निर्माण गरेको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]